शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

चिनियाँ चलचित्रकाे प्रदर्शनी काठमाडाैँमा सकियाे, पाेखरामा भाेलिदेखि सुरू

काठमाडाैं। ‘हिमालय रिम चलचित्र प्रदर्शनी २०२६’ काठमाडौँमा सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दिनसम्म जारी प्रदर्शनी बिहिवार समापन गरिएकाे हाे ।

हिमालयन रिम फिल्म एक्जिविसनले आयोजना गरेको कार्यक्रममा चार वटा चिनियाँ चलचित्र प्रदर्शन गरिएकाे थियाे । ‘ब्लेड्स अफ दी गार्जियनः वाइन्ड राइज इन दी डिजर्ट’, ‘दी लिजेन्ड अफ दी कन्डर हिरोः दी ग्यालेन्ट्स’, ‘दी मास्टर’ र ‘आइ एम ह्वाट आइ एम २’ प्रदर्शन गरिएकाे हाे । कार्यक्रममा नेपाली दर्शक र विद्यार्थीकाे बाक्लाे उपस्थिति थियाे ।

चिनियाँ कराते र मार्सल आट्र्सलाई केन्द्रमा राखिएको चलचित्रबारे कलाकारहरुले चीनबाटै अनलाइनमार्फत् आफ्नो अनुभव र प्रदर्शनीको सान्दर्भिकताबारे धारणा राखेका थिए ।

एक्जिविसनले शनिबार  र आइतबार पाेखरामा पनि प्रदर्शनी गर्दैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x