१ कार्तिक २०८३, शनिबार

सेफ सन्तोष साह बैंकिङ कसुरमा पक्राउ

0
Shares


काठमडौं । नेपाल प्रहरीले सेफ सन्तोष साहलाई बैंकिङ कसुरमा पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सिरहाको कर्जन्हा नगरपालिका–११ का साहलाई जनकपुरबाट पक्राउ गरेको हो । साहसँगै कर्जन्हा–९ का नारायण साह सुडी पनि पक्राउ परेका छन् । एक महिलाले ठगी सम्बन्धमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ ।