काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवलशमशेर राणा र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाई लगाएतका नेताहरु मिलेर नयाँ पार्टी निर्माण गर्न लागेका छन् । मलमास परेकाले नयाँ पार्टीको नाम घोषणा नगरेका उनिहरुले राजा र हिन्दु राष्ट्र बोकेको एजेण्डालाई लिएर राष्ट्रवादी पार्टी निर्मार्ण गर्न लागेको बताएका छन् ।
०००
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई स्थापित गराउन आफूहरुले नयाँ राष्ट्रवादी पार्टी निर्माण गर्न लागेको बताएका छन् ।आइतबार संघीय राजधानी काठमाडौंमा आयोजना गरिएको राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले उक्त कुरा स्पष्ट पारेका हुन् । नेता राणाले नयाँ पार्टीको नेतृत्व राजा र हिन्दु राष्ट्रको एजेण्डालाई बोकेर निमुख जनताको नेता बन्नुभएको भन्दै दुर्गा प्रसाईले गर्ने बताए । राजा र हिन्दु राष्ट्र बोकेको एजेण्डालाई लिएर देशव्यापी रुपमा निमुखा जनताको नेता हुनुभएको, ब्राण्ड हुनु भएकाले प्रसाईंले पार्टीको नेतृत्व गर्ने उनको भनाई थियो । नेता राणाले नयाँ बन्ने पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र हिन्दु राष्ट्र मुलुकमा कायम गरिछाड्ने संकल्प लिएको बताए ।
नेता राणाले वर्तमान सरकारको आयूलाई लिएर प्रश्न उठिसकेको टिप्पणी गरे। बालेन्द्र (बालेन) साह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले त्यसको आयुलाई लिएर देशभर प्रश्न उठीरहेको उनको जिकिर थियो । सरकारले सय दिन नपुग्दै गल्ती गरेकाले सरकारको नयाँ विकल्पको रुपमा आफूृहरुले नयाँ पार्टी खोल्न लागेको दावी समेत गरे । नयाँ पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र मुलुकलाई हिन्दु राष्ट्र कायम गराउने गरी वर्तमान सरकारको विकल्प दिने उनले भनाइ छ । नेता राणाले मलमास परेकाले नयाँ पार्टीको नाम, झण्डासहितको कार्यक्रम केही पछि मात्रै सार्वजनिक गर्ने निर्णय गरिएको बताए ।
कार्यक्रममा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दाबी गरे । राजसंस्था फर्काउन र गद्धीमा राख्नका लागि धवलशमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय लिएको पनि स्पष्ट पारे । आफूहरुले हिन्दु अधिराष्ट्र कायम गर्ने संकल्प पनि लिएको बताउदै उनले सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति नपाउने उल्लेख गरे।
संयोजक प्रसाईंले मुलुकमा गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिए ।सहकारीमा आफूले ठगेको पैसा जनताको करबाट तिर्ने काम शुरु गर्ने वित्तिकै वर्तमान सरकारको दशा शुरु हुने र व्यवस्था पनि नरहने संयोजक प्रसाईंको भनाई थियो । उनले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि आफूले नेकपा (एमाले)लाई जस्तै नांगेझार पार्ने पनि बताए ।
मुलुकमा अब आन्दोलन हुने भन्दै संयोजक प्रसाईंले त्यसले पिँध नभएको गमला जस्तो वर्तमान शासन व्यवस्था जाने बताए ।
