बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड रुपैयाँ बराबरको बजेट

काठमाडौं ।मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८३र०८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बारबरको बजेट ल्याएको छ ।

सोमवार बसेको मधेस प्रदेशसभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालु आर्थिक वर्षको बजेटभन्दा कम बजेट प्रश्तुत गरेका हुन् । मधेस प्रदेशले चालु आर्थिक वर्षको लागी ४६ अर्व ९८ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । मधेश प्रदेशले आगामी वर्षको लागी चालुतर्फ ३५ दशमलव ६४ प्रतिशत र पुँजीगततर्फ ६४ दशमलव ३६ प्रतिशत रकम विनियोजन गरेको छ । चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ र पुँजीगत तर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री भट्टराईले बताए। प्रदेशले संघिय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट निर्माण गरेको छ । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि मधेश प्रदेशले आन्तरिक राजस्व ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । यस्तै १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसबाहेक अधिकांश रकम सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान र राजश्वबाट खर्च गरिनेगरि बजेट बनाइएको छ । सङ्घीय सरकारबाट राजश्व बाँडफाँट बापत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री भट्टराईले बताए । त्यस्तै, सङ्घीय सरकारबाट वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ प्राप्त हुने उनको भनाइ छ । चालु आर्थिक वर्षको ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बाँकी नगद मौज्दातबाट आगामी आर्थिक वर्षको खर्च बेहोरिने उनको भनाई छ । अर्थमन्त्री भट्टराईले आर्थिक वर्षमा सङ्घीय सरकारबाट अनुदानमार्फत १७ अर्ब ५९ करोड ८७ लाख प्राप्त हुने अनुमान गरेको बताए । समानीकरण अनुदान बापत ७ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ, सशर्त अनुदान बापत ८ अर्ब १० करोड २८ लाख रुपैयाँ, समपूरक अनुदान बापत ९४ करोड ७४ लाख रुपैयाँ र विशेष अनुदान बापत ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै मधेश प्रदेशले चालू आर्थिक वर्षमा कुल विनियोजित बजेटको ५९ दशमलब १५ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x