शुक्रबार, साउन १, २०८३
Friday, July 17, 2026

सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार गैरजिम्मेवार बनेको र संसदीय जवाफदेहिताबाट पन्छिन खोजेको आरोप लगाएका छन् ।

सोमवार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेट तथा सरकारका मन्त्रीहरूका गतिविधिप्रति टिप्पणी गरेका हुन । अध्यक्ष राईले बजेटमा करका दर हेरफेर र जनअपेक्षा सम्बोधन नभएको विषयमा विपक्षी दलहरूले उठाएका प्रश्नको सरकारले उचित उत्तर नदिएको बताए ।

उनले पूर्वाधार विकासमन्त्रीले निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदारहरूको ‘खुट्टा भाँचिदिने’ भनी दिनुभएको पछिल्लो अभिव्यक्तिको आलोचना गरे । सरकार अभिभावकीय भुमिकामा रहनुपर्ने उल्लेख गरे । बजेटमा धरानको खानेपानी आयोजनाका लागि विनियोजित रकमका सम्बन्धमा राईले यो आफ्नो वर्षौँदेखिको एजेण्डा र ड्रिम प्रोजेक्ट भएको दाबी गरे ।

अर्थमन्त्रीमाथि उठेका प्रश्न र संसदीय छानबिन समितिको मागका सम्बन्धमा उहाँले सत्तापक्षले दुई–तिहाइको दम्भ देखाएको टिप्पणी गरे । यस्तै, संसदमा आफ्नो भुमिकाका विषयमा स्पष्ट पार्दै राईले आफू अन्यायको विरुद्धमा उभिएको बताए ।

सभामुखले बोल्न नदिएका कारण आफूले प्रतिवाद गर्नुपरेको र त्यो कुनै व्यक्ति विशेषको विरोध नभई प्रक्रियाको सुधारका लागि भएको उनको तर्क थियो । उनले आगामी दिनमा पनि संसदमा जनताका मुद्दा र सरकारका कमी–कमजोरीमाथि निरन्तर प्रश्न उठाइरहने प्रतिवद्धता व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x