बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरी बल नेपालको नियन्त्रणमा रहेको बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन फुकुवा

काठमाडौं । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरी बल नेपालको नियन्त्रणमा रहेको बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन फुकुवा गरिएको छ ।

जोमसोम र कोरला नाकाबाट नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।मुस्ताङको कोरला नाका हुँदै जेठ दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका ७७५ विद्युतीय सवारीसाधन नेपाल भित्र्याइएको थियो । तीमध्ये ६४९ विद्युतीय सवारीको भन्सार जाँचपास गरिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।कोरला नाकाबाट यसरी भित्र्याइएका ती विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कोरला नाकाबाट ती सबै विद्युतीय सवारीसाधन साइमन इंकले खरिद गरी नेपाल भित्र्याएको थियो ।सरकारद्वारा गठित छानबिन समितिले ती विद्युतीय सवारीसाधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x