शुक्रबार, असार ५, २०८३
Friday, June 19, 2026

काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद खडगबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? भनि प्रश्न गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा बोलाएर कानून र संविधानले नचिनेका गिरोहरुहरुले मुलुकमा हुकुम चलाउने काम गरेको भन्दै सरकारसँग उनीहरु को हुन ? प्रश्न प्रश्न गरेका हुन् । शुक्रवार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै सांसद बुढाले संविधान र कानूनले नचिनेकोहरुले प्रधानमन्त्री कार्यालयमा बसेर कालो चश्मा लगाएर मुलुकमाथि शासन चलाउन खोज्नेहरु नयाँ गरोहको रुपमा रहेको उनको आरोप थियो । सांसद बुढाले सबै मन्त्रालयहरुमा मन्त्री देखाउने अनुहारहरु मात्रै भएको तर त्यहाँ चलाउने अर्कैैं अदृष्य शक्तिहरु रहेको जिकीर पनि गरे ।

उनले भने,‘प्रधानमन्त्रीले बुझ्नुभएको छ कि छैन ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्र होइन । संवैधानिक अंग हो । यसको काम आवश्यक परेको बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम राख्ने हो । अख्तियार कसैको गोजीको संस्था होइन । आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफनो निर्णय गराउँछ भने भोली प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानविन गर्छ ? कुनै बेला केटाकेटी छँदा पञ्चायतकालमा भूमिगत गिरोहको बारेमा चर्चा गरेको मैले सुनेको थिए । ठयाक्कै त्यस्तै लोकतान्त्रिक गणतन्त्रमा एउटा अर्को प्रकारको गिरोहको चर्चा हुन थालेको छ । प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरु को हुन ? तिनीहरु नेपालको संविधान र कानूनले नचिनेका केवल कालो चश्मा लगाएर राज्यका संयन्त्रहरु कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन । जनतामा एउटा गम्भिर चिन्ता छ–मन्त्रालयमा देखिएका मन्त्रीहरु देखाउन अनुहारहरु मात्रै हुन । वास्तविक निर्णय अरु कसैले गरिरहेको छ भन्ने व्यापक गुनासो छ । यदि यस्ता आरोपहरु सत्य हुन भने यो लोकतन्त्रका लागि शुभसंकेत होइन । लोकतन्त्र संस्थाले चल्छ, व्यक्तिले होइन । संविधानले चल्छ, अदृष्य शक्तिहरुले होइन ।’

सांसद बुढाले मन्त्रालयमा देखिएका ती अदृष्य शक्ति र व्यक्तिहरु मुलुक र लोकतन्त्रका लागि शुभसंकेत नभएको पनि बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x