राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक, नियमित तर्फ २ लाख ३१ हजार ७७० जना उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस पटक नियमिततर्फ ३ लाख ३२ हजार २४१ जना विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् । यस्तै आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थीले परीक्षा दिएकोमा ३६ हजार ४२० जना उत्तीर्ण भएका छन् ।
नियमित र आंशिकतर्फ गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ६८ हजार १९० जना उत्तीर्ण भएका छन् । ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर हेर्न सकिन्छ । साथै एसएमएसमा ल्भ्द्य टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर पनि हेर्न सकिन्छ ।नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा ८१६०१३ बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE