शनिबार, असार ६, २०८३
Saturday, June 20, 2026

रातो मच्छिन्द्रनाथको भोटोजात्रा आज, भोटो देखाएसँगै यसवर्षको रथयात्रा सम्पन्न हुने

काठमाडौं । ललितपुरको जाउलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा हुँदैछ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले आज भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ । नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो आज दिउँसो ४ बजेपछि देखाउने तयारी छ । भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ । वैशाख शुक्ल प्रतिपदादेखि शुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो । यसैक्रममा रथलाई जावलाखेल पु¥याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

आजै भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ । साथै मिननाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ ।रातो मच्छिन्द्रनाथको भोटो जात्राका दिन उपत्यकाका विभिन्न ठाउँबाट आएकाहरु ललितपुरको जावलाखेलमा आएर भोज खाने प्रचलन छ । विगतका वर्षमा आजका दिन चिडियाखाना र जावलाखेल खेलमैदानमा भोज खाने गरेपनि यसपाली भने खेल मैदानमा मात्रै भोज

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x