शनिबार, असार ६, २०८३
Saturday, June 20, 2026

संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै कम्प्रोमाइज नगर्ने बताएका छन् ।

शनिबार रास्वपाको पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । हिजोको त्याग र बलिदानको उचाइको काँधमा बस्न पाएकाले आफूले फराकिलो दृश्य देख्न पाएको बताउदै उनले ती मूल्यमान्यता र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख नहुने उनले दाबी गरे । यस्तै आफ्ना लागि पार्टीको आन्तरिक लोकतन्त्र असाध्यै महत्वपूर्ण कुरा रहेको उनले बताए । आफ्ना लागि आन्तरिक लोकतन्त्र र निष्ठा कम्प्रोमाइज गर्ने विषय नभएको उनको भनाइ छ

सभापति लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपिल गरे । केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि वा अन्य भूमिकामा रहे पनि आफूलाई जिम्मेवार भूमिकामा आफूलाई अघि बढाउने कुरा आफू विश्वस्त रहेको लामिछानेको भनाइ थियो ।

यस्तै सभापति रवि लामिछानेले पार्टी स्थापना गर्दाको सङ्घर्ष सम्झिँदै भावुक समेत भएका थिए ।केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोगमा पार्टी दर्ताका लागि आवश्यक नागरिकता सङ्कलन गर्न परेको सकसलाई पनि उनले स्मरण गरेका थिए ।रास्वपा यहाँसम्म आइपुग्नु आफ्नो मात्रै श्रेय नभएको उनको भनाइ थियो । यस्तै उनले पार्टीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने दिशामा महाधिवेशन महत्त्वपूर्ण चरण भएको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x