शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई पार्टीमा परिचालित गरेको विषयले आफूलाई निर्क गम्भिर र आश्चर्य चकित बनाएकी बताएका छन् ।

सांसद काउचाले नेपालको संविधान, कानूनले समेत बर्जित गरेको अवस्थामा उक्त पार्टीमा ठूलो संख्यामा बालबालिकाहरु रहेको उल्लेख गर्दै उनीहरुले निर्वाचित गरेका पदाधिकारी तथा सदस्यको बैधानिकतमाथि समेत प्रश्न उठेको समेत बताइन्। आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद काउँचाले बालबालिकाहरुलाई पार्टीको झोला नबोकाउने भन्दै स्ववियु लगायतका संघ, संस्थाहरु खारेज गर्ने सत्तारुढ दल रास्वपाले संविधान विपरित बालबालिकालाई पार्टीमा प्रयोग गरेकाले त्यस विषयमा कारबाही गर्नु पछ कि पर्दैन ? भनि सरकारलाई प्रश्न समेत गरिन्।

उनले भनिन्‘प्रधानमन्त्रीको पदको गरिमा, अभिव्यक्तिको जिम्मेवारी र त्यसबाट कूटनीतिक रुपमा पर्ने प्रभावबारे सदैव सचेत हुनु पर्दछ । साथै सम्माननीय सभामुख महोदय । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सम्पन्न भएकोमा हार्दिक बधाई दिन चाहन्छु । तर एउटा तथ्यांकले भने निकैगम्भिर र आश्चर्य चकित बनाएको छ सभामुख महोदय । रास्वपाको सदस्यता लिनेहरुको फेहरिस्त हेर्दा त १८ .वर्ष मुनिका पनि ३५ हजार २५७ जना हुनुहुँदो रहेछ । औपचारिक रुपमा नै घोषणा गरिएको यो सवालप्रति नेपाली काँग्रेसका ध्यान तानिएको जानकारी गराउन चाहन्छु । नेपालको संविधान र राजनीतिक दलसम्बन्धि ऐन, २०७३ अनुसार १८ वर्ष मुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन । यस्तो कार्य गरेमा ८० हजार जरिवाना र ३ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । के सत्तारुढ दलको हकमा संविधान र यो ऐनको व्यवस्था नहुने हो र सभामुख महोदय । कि रास्वपा संविधान भन्दा माथि छ  र  उसले संविधान पालना नगरेपनि हुने हो ? त्यसमाथि बालबालिका सम्बन्धि ऐन २०७५ कुनैपनि बालबालिकालाई राजनीतिक उद्देश्य पूर्तिका लागि प्रयोग गर्नं नपाईने प्रावधान रहेको छ । तर रास्वपाले यिनै बालबालिकाहरुको प्रयोग गरेर पदाधिकारी तथा सदस्यहरुको वैधानिकतामाथि प्रश्न उठने अवस्था देखियो । मैले यो विषयमा संविधान र कानूनको व्यवस्था यहाँ स्मरण गराएको हुँ । विद्यार्थीहरुले राजनीति गर्नु हुँदैन भनेर स्ववियू लगायतका संघ, संगठन खारेज गर्न लागेको सरकारले आफनो पार्टीमा भने बालबालिकार्लाइ सदस्याको लाममा उभ्याउन मिल्छ कि मिल्दैन ? कलिला बालबालिकालाई पार्टीको झोला बोकाउन मिल्छ कि मिल्दैन । यो विषयमा म रास्वपाको ध्यानाकर्षण गराउँदै कानूनको पालना गर्नुपर्छ कि पर्दैन भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद काउचाले रास्वपा संविधान र कानूनभन्दा माथि नभएको उसले पनि त्यसको पूर्ण पालना गरेर अघि बढ्नुपर्ने समेत बताइन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x