बुधबार, असार १७, २०८३
Wednesday, July 1, 2026

काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बन्न नदिएको आरोप लगाएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त अस्पताल बनाउनका लागि सर्वोच्च अदालतले समेत आदेश दिएपनि प्रदेश र स्थानीय सरकार काँग्रेसको भएकाले अवरोध गरिरहेको जिकिर गरे । सांसद खनालले उक्त अस्पताल बन्न नदिन आफ्नै पार्टीको प्रदेश र स्थानीय सरकारले अवरोध गर्दा पनि काँग्रेसले त्यसमा कुनै पहल नगरेको भन्दै आपत्ति जनाए । संघीय संसदमा आदर्शका कुरा गर्ने काँग्रेस सांसदहरुले आफ्नै पार्टीको सरकारले प्रदेश र स्थानीय तहमा जनताको काम नगरेको विषय उठान नगरेको गुनासो पनि सांसद खनालले गरे।

उनले भने,‘लम्की चुहा अस्पतालका कर्मचारीलाई त्यहाँको स्थानीय सरकारले गालीगलौज गरेको दृश्य सामाजिक सञ्जालमा आईरहँदा त्यहाँ गालीबेइज्जत भइरहन्छ, आइरहन्छ । तर यो संचालनका लागि प्रतिपक्ष बेञ्चमा बसेको नेपाली काँग्रेसमाथि ध्यानाकर्षण गराउन चाहन्छु सभामुख महोदय । यहाँ सदनमा तपाईहरु पटक पटक सरकारले यो गरेन, त्यो गरेन आफूह बेन्चमाथि उठनु हुन्छ, तर तपाईकै स्थानीय तहको बनेको सरकार र प्रदेश सरकारले लम्की चुहा अस्पतालमाथि गरेको अन्यायलाई तपाईहरुले कहिले सदनमा बोल्नु हुन्छ । तपाईहरु सधै सरकारले यो गरेन, उ गरेन भन्नु हुन्छ । तपाईहरुको पार्टीले बनाएको स्थानीय सरकारले काम गर्ने कर्मचारीमाथि गालीगलौज गर्दा कहाँ छ नेपाली काँग्रेस ? म यहाँबाट खोज्न चाहन्छु । एउटा काम गर्ने कर्मचारीले काम गर्न पाउँदैन । प्रादेशिक अस्पताल बनाउनुपर्छ भनिरहेको छ । तर बनिरहेको छैन । अनि यहाँ चाँही उहाँहरु आर्दशको कुरा गर्नुहुन्छ । म यहाँबाट नेपाली काँग्रेस खोज्न चाहन्छु–काँग्रेस कहाँ छ ? त्यहाँका शिक्षा, स्वास्थ्य, खेलकुद लगायत अन्य क्षेत्रका कर्मचारीहरु पनि काँग्रेसबाट पीडित छन । त्यहाँको स्थानीय सरकारबाट पीडित छन ।’

सांसद खनालले काँग्रेस नेतृत्वको प्रदेश र स्थानीय सरकारका कारण त्यहाँका सरकारी कर्मचारी समेत पीडित भएको दावी समेत गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x