बुधबार, असार १७, २०८३
Wednesday, July 1, 2026

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिव दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ ।

मुख्यबाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको जनाएको छ । सरकार–सरकार अर्थात जटुजी सम्झौताअन्तर्गत भारतबाट आयात हुन लागेको ३० हजार मेट्रिक टन युरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ ।

अन्तर्राष्ट्रिय टेन्डरमार्फत विभिन्न देशबाट एक लाख ८० हजार मेट्रिक टन रासायनिक मलमध्ये ६० हजार मेट्रिक टन डिएपी र एक लाख २० हजार मेट्रिक टन युरिया रहेको छ । मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ तथा क्युआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था पनि गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x