बुधबार, असार १७, २०८३
Wednesday, July 1, 2026

लगातार ७ कारोबार दिन घटेको शेयर बजार बुधबार उच्च अङ्कले बढ्यो

काठमाडौं । लगातार ७ कारोबार दिन घटेको शेयर बजार बुधबार उच्च अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से ४४ दशमलव ५९ अङ्कले बढेर २ हजार ६५२ दशमलव ९३ विन्दुमा पुगेको छ ।बुधबार सबै समूहको सूचक बढेकोमा जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । २५२ वटा कम्पनीको शेयर बढेकोमा १७ वटाको घटेको छ ।

यस्तै ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । बुधबार स्नो रिभर्सको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर ५ दशमलव २१ प्रतिशतले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ३ अर्ब २५ करोडको कारोबार भएकोमा बुधबार ३६२ वटा कम्पनीका ९५ लाख ४७ हजार कित्ता शेयर ३ अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x