बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गयाे

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गए राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उजका चार वर्षीय छोरा भरतको ज्यान गएको हो । हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी समेत भएको छ । आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ ।

घटनापछि आक्रोशित स्थानीयले मृतक आमा–छोराको शव चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा प्रवेश गर्ने राप्ती नदीमाथिको पुलमा राखेर धर्ना दिएका थिए । ध्रुवेलाई तत्काल नियन्त्रणमा नलिएसम्म शव नउठाउने चेतावनी दिँदै उनीहरूले निकुञ्ज प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । पटक–पटक निकुञ्ज प्रशासनलाई जानकारी गराउँदा पनि प्रभावकारी कदम नचालिएको उनीहरूको गुनासो छ ।

स्थानीयको आन्दोलनपछि चितवन राष्ट्रिय निकुञ्ज, नयाँ गोरखा गण, भरतपुर महानगरपालिका–२३ वडा कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक उपभोक्ता समिति तथा इलाका प्रहरी कार्यालय गीतानगरका प्रतिनिधिबिच छलफल भएको थियो । छलफलपछि चारबुँदे सहमति भएको छ । सहमतिअनुसार जङ्गली हात्ती ध्रुवेलाई तत्काल नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अघि बढाइने, चितवन राष्ट्रिय निकुञ्जमार्फत मृतक परिवारलाई तत्काल राहत उपलब्ध गराइने, मृतकको घर पुनर्निर्माण गरिदिने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल आवश्यक सुरक्षा तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x