बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

जयवीर देउवालाई एक हप्ताभित्र बयानका लागि हाजिर हुन सम्पत्ति शुद्धीकरणको पत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयविर सिंह देउवालाई एक हप्ताभित्र बयानका लागि हाजिर हुन पत्र काटेको छ ।

जयविर देउवा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा हुन् । सम्पत्ति शुद्धीकरण कसुरको जाँचवुझ, अनुसन्धानका लागि बाटो म्यादबाहेक एक हप्ताभित्र विभागको कार्यालय हरिहर भवन, ललितपुरमा उपस्थित हुन भनिएको छ । बयानका लागि नआए कानुन बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

विभागले बूढानीलकण्ठस्थित खण्डहर बनेको देउवा निवासमा विभागले सूचना टाँसेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x