एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा पूरक परीक्षा कक्षा १० परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।
यही असार १ देखि ९ गतेसम्म सञ्चालित परीक्षामा आवेदन भर्न योग्य एक लाख ४६ हजार ५०७ परीक्षार्थी मध्ये एक लाख २९ हजार ११४ जना सहभागी भएको बोर्डले जनाएको छ । सहभागीमध्ये तीन हजार ८३ हजार ५२३ जना अर्थात् ६४.६ प्रतिशत वर्गीकृत भएको बोर्डले जनाएको छ । बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न, उत्तरपुस्तिका हेर्न र पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था रहेको जनाएको छ ।
पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको बोर्डको भनाइ छ । पुनर्योगका लागि असार २५ गतेदेखि ३१ गतेसम्मको समय निर्धारण गरिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE