आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशत रहने, निजीक्षेत्रतर्फ ११ प्रतिशत कर्जा विस्तार हुने
काठमाडौं , नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।
सरकारको वित्त नीति सार्वजनिक भएसँगै केन्द्रीय बैंकले सोही वित्त नीतिलाई सहयोग पुग्ने गरी मंगलबार मौद्रिक नीति सार्वजनिक गरेको हो ।मंगलबार भर्चुअल रूपमा मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले समस्टिगत आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै आगामी आर्थिक वर्षका लागि लचिलो कार्यदिशालाई नै निरन्तरता दिँदै मौद्रिक नीति बनाइएको जानकारी दिए ।खासगरी मध्यपूर्वमा चर्किएको द्वन्द्व क्रमशः सामान्यतर्फ जाँदै गर्दा पेट्रोलियम पदार्थको महँगी नियन्त्रणमा आएको भन्दै गभर्नर पौडेले आगामी आर्थिक वर्षका लागि उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति ५.५ प्रतिशत सीमित रहने प्रक्षेपण गरिएको बताएका छन् । यता सरकारले वित्त नीतिमार्फत आगामी आर्थिक वर्षका लागि ७ प्रतिशतको आर्थिक वृद्धिसँगै ६ प्रतिशतको सीमामा मुद्रास्फीति कायम गर्ने बताएको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेले आगामी वर्ष आर्थिक सुधार हुने भन्दै बढ्दो रेमिट्यान्स, पर्यटन र उत्पादन सुधारले गति लिने बताए । आर्थिक वर्ष २०८३÷८४ का लागि निजीक्षेत्र कर्जा विस्तार ११ प्रतिशत र वृस्तित मुद्राप्रदाय १४ प्रतिशत रहने अनुमान गरिएको उनको भनाइ छ । उनले मौद्रिक नीतिमार्फत ब्याजदर कोरिडोरअन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवं बैंकदरलाई केन्द्रीय बैंकले यथावत् राखेको उनले जानकारी दिए ।मौद्रिक नीतिले सर्वसाधारण बचतकर्ता, बैंक, ऋणी सबैलाई नीतिगत सुधारमा जोड दिएको उनको भनाइ छ ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE