बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

सत्तारुढ रास्वपा सांसदले भनिन्ः किसानको आँशुको व्यापार नगर्नूस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरुले लाचार महशुस गर्नुपरेको बताएकी छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानका पीडा सुनेर सरकारको मन किन दुख्दैन ? भन्दै प्रश्न गरिन् । उनले किसान मल मिलाइदिनु भन्ने तर सरकार गोदाममा मल भनिरहने गरेको बताइन् । उनले किसानको आँशुको व्यापार नगर्न पनि सरकारलाई सचेत गराइन् ।

उनले भनिन्, ‘हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानहरुको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन सभामुख महोदय ? हाम्रा अन्नदाताहरु भनिरहेका छन् बरु ज्वरो सहौंला, रोग सहौंला तर भोक र खेतको खडेरी सहँदैनौं । जति मूल्य पनि तिर्न तयार छौँ तर मल मिलाइदेउ सरकार । सरकार भन्छ गोदाममा मल छ तर किसान सोच्छन् त्यो मल खेतमा किन छैन ? यो त किसानको आँशुको व्यापार गरेको जस्तो भएन र सभामुख महोदय ? मल समेत दिन नसक्ने तिमीहरुलाई जिताएर के भयो भन्दै किसानहरुले दैनिक सयौं फोन गर्दा पीडा भइरहेको छ सभामुख महोदय । किसानलाई चाहिने मल पनि दिन नसक्दा लाचार महशुस भएको छ सभामुख महोदय । सरकारले तत्काल अन्नदाता किसानहरुसँग क्षमा याचना गरोस्, सत्य तथ्य बताइ विकल्प र राहत प्रश्तुत गरोस् । कृषि प्रधान भनिने देशका किसानका लागि सिटामोल भन्दा रासायनिक मल महत्वपूर्ण नबनोस् ।’

सांसद कठरियाले किसानले बिरामी पर्दा समेत सिटामोलभन्दा पहिले मलको माग गरिरहेको बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x