बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

राष्ट्रिय विपद् प्राधिकरणको बैठक: मनसुन जोखिमबारे अद्यावधिक विवरण संकलन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिमलाई न्युनिकरण गर्न सबै सरोकारवाला निकायसँगको समन्वयलाई तिब्र बनाएको छ ।

प्राधिकरणको आईतवार बसेको बैठकमा मनसुनजन्य विपद्को तयारी र सरोकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अद्यावधिक गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोईरालाले मनसुन अवधिमा जनधनको क्षति न्युनिकरणका लागि सरकार पूर्ण तयारीमा रहेको बताए । उनकाअनुसार असार ४ गते गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो । सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उनले बताए ।

उनले भने, ‘हामीले सबै क्लस्टरका लिडर, को–लिडर, सडक, सिंचाईलगायत सम्बन्धित विभागका महानिर्देशक तथा विपद् सम्पर्क व्यक्तिहरूलाई बोलाएर मन्त्रीज्यूले दिएको निर्देशनअनुसार भएका प्रगतिका विवरण संकलन गरेका छौँ । संकलित प्रतिवेदन मन्त्रीज्यूसमक्ष पेश गर्नेछौँ । यो–यो खालको हामीले पायौँ, यति–यति काम भएको रहेछ भनेर हामीले अद्यावधिक विवरणहरू पेस गर्न बैठक बसेको हो ।’

उच्च शतर्कता अपनाउन आग्रह

उनले हाल देशभर मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एड्भाइजरी जारी गरिरहेको पनि जानकारी दिए । उनकाअनुसार आईतवार राति र सोमबार पूर्वीक्षेत्र तथा मधेसका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च शतर्कता अपनाउन आग्रह गर्दै एड्भाइजरी जारी गरिएको छ । प्राधिकरणले नागरिकलाई जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा प्राधिकरणले जारी गर्ने एड्भाइजरी नियमित रूपमा पालना गर्न आग्रह गरेको छ । समयमै सूचना पालना गरेमा जनधनको क्षति न्युनिकरण गर्न ठूलो सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

उनले भने, ‘असार ५ गतेदेखि हामीकहाँ मनसुन भित्रियो, अहिले मनसुनको फेज चलिरहेको छ । हामीले जल तथा मौसम विज्ञान विभागले जुन विशेष बुलेटिन जारी गर्छ, त्यसमा हामी एड्भाइजरी पनि जारी गर्छौं । आज राति अनि भोलि पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा भारी वर्षा पर्छ भन्नेछ । सोहीअनुसार हामीले एड्भाइजरी जारी गरेका छौँ, हामी अहिले टोटल हामी मनसुनकै तयारीमा छौँ । हाम्रो अपिल के भने मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एड्भाइजरी अलि राम्रोसँग हेरिदिने र त्यसअनुसार आफ्नो आचरण गरेमा हामी जन र धनको जोगाउन सफल हुन्छौँ । त्यो अभियानमा हामी लागेका र्छौँ ।’

विभागले गरेको मौसमको पूर्वानुमानका आधारमा आवश्यक पर्दा प्राधिकरणले निरन्तर एड्भाइजरी जारी गर्ने गरेको छ । मनसुन अवधिभर जोखिमको अवस्था हेरेर आवश्यक सूचना र सतर्कता जारी गर्ने गरिएको प्रमुख कोईरालाले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x