भावुकतामा नभइ कानुनअनुसार काम हुने सुकुम्बासीहरुलाई सरकारको आश्वासन, पुस्तौँसम्म कसैले औँला उठाउन नसक्ने गरी लालपूर्जा दिने प्रतिबद्धता
काठमाडौं । नेपाल सरकारका ६ जना मन्त्रीहरुले खरिपाटीमा रहेका सुकुम्बासीहरुर्ला भेटेर कसैले औँला उठाउन नसक्ने गरी लालपूर्जा दिने प्रतिबद्धता जनाएका छन् ।
कीर्तिपुरमा रहेको होल्डिङ सेन्टर जलमग्न भएपछि त्यहाँ रहेका सुकुम्वासीलाई खरिपाटी पु¥याइएसँगै आइतबार सरकारका ६ जना मन्त्रीहरू एकसाथ खरिपाटी पुगेर उक्त प्रतिवद्धता जनाएका हुन् । गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव, महिला मन्त्री सीता वादी र रावल खरिपाटी गएका हुन् । सोही अवसरमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कानुनी प्रक्रिया पूरा गरेर मात्र लालपूर्जा वितरण गर्ने स्पष्ट पारेकी छन् । हचुवाको भरमा लालपूर्जा बाँड्दा भोलि कानुनी झमेला आउन सक्ने भन्दै उनले आगामी पुस्तौँसम्म कसैले प्रश्न उठाउन नसक्ने गरी सुरक्षित लालपूर्जा वितरण गर्ने सरकारको योजना रहेको बताइन् ।
उनीहरूले सुकुम्वासीलाई आश्वस्त पार्ने प्रयास गरे । त्यस क्रममा भूमिसुधार मन्त्री रावलले सुकुम्वासीलाई सम्बोधन गर्दै सरकारको योजना सुनाएकी हुन् । असारको तेस्रो हप्ताबाट बर्दिया जिल्लाबाट लालपूर्जा वितरणको कार्य सुरु भइसकेको बताउदै उनले अबको केही हप्तामा नेपालका धेरै जिल्लाहरूमा यो प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिइन् । सुकुम्वासीको नाममा वर्षौँदेखि हुँदै आएको राजनीति अन्त्य गर्न सरकारले ठोस कदम चालेको उनको दाबी छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE