सञ्चारमाध्यमको कार्यालयको गेटमा गाडी पार्किङ रहस्यमय भन्दै कारबारहीको माग
काठमाडौं । विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
सोमबमर बिहान देखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिनजको कार्यालयको गेटमै सवारी साधन पार्किङ गरी पत्रकारलाई आवत–जावत गर्न समस्या सिर्जना गरिएको महासंघले जनाएको छ । महासंघले तत्काल गाडीको अवरोध हटाई संचारकर्मी र संचारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँगग जोडदार माग गरेको छ ।
यस्तै महासंघले विज्ञप्तीमार्फत सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पु¥याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।अवरोध हटाउन महासंघले सुरक्षा निकायसँग समन्वय गरिरहेको बताएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE