शुक्रबार, साउन १, २०८३
Friday, July 17, 2026

संघीय संसद्का सांसदले आगामी भदौ २९ गतेसम्म सम्पति विवरण बुझाउनुपर्ने

काठमाडौं । संघीय संसद्का सांसदले आगामी भदौ २९ गतेसम्म सम्पति विवरण बुझाउनुपर्ने भएको छ ।

उपसचिव अधिराज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई ६० दिनभित्र विवरण बुझाउन भनिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उदफा (१)को प्रयोजनका लागि विवरण बुझाउनुपर्ने उल्लेख छ ।

आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्ति स्रोत वा निस्सासहितको विवरण खामबन्धि गरेर बुझाउन भनिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x