मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

सरकारले माग्यो भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन

काठमाडौं । सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन मागेको छ ।

भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासोको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो । स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी यही साउन ४ गतेदेखि ३५ दिनभित्र निवेदन दिनुपर्छ ।

स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x