मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरुसंग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थीत बनाउनका लागि काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।व्यवसायीहरुका जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता प्रधानमन्त्री शाहले जनाएका हुन् ।पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनु भन्दा पनि सम्बन्धित निकायहरूले नै तुरुन्त काम अगाडि बढाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पुँजीबजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको छलफलका क्रममा आफूहरूले लगानीकर्ताको मनोबल उकास्ने, बजारमा आपूर्ति बढेको हुँदा माग पक्षलाई पनि बढाएर बजारलाई सन्तुलित बनाउने, करका विषयमा देखिएका अस्पष्टता हटाई, घाटा समायोजन गरेर मात्र कर लिने व्यवस्था मिलाउने, राष्ट्र बैंकले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक नियमहरू बनाइदिने लगाएतका सुझाव दिएको रेग्मीले बताए ।त्यस्तै छलफलमा सहभागीहरुले स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधियुक्त बनाउने र उच्च दक्ष जनशक्ति आउने वातावरण बनाउने समेत सुझाव दिएका छन् भने धितोपत्र बोर्डले १० कित्ते नीतिको पुनरावलोकन÷सुधार गरी योग्य संस्थागत लगानीकता मार्फत बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ ल्याउने व्यवस्था गर्न समेत सुझाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x