मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

१५ औँ महाधिवेशनलाई सर्वसम्मत बनाउन काँग्रेसभित्र आन्तरिक संवाद जारीः उपसभापति शर्मा

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र वृहत छलफल र संवाद भइरहेको जानकारी दिएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा स्पष्ट पारेका हुन् । सभापति गगनकुमार थापा, पार्टी नेतृत्व र अन्य सदस्यहरूबीच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको उनको भनाइ छ ।

उपसभापति शर्माले प्रदेश सरकारहरू प्रतिपक्षविहीन बन्न नहुने बताए । उनले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड दिए । शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा आन्तरिक संवाद र अभ्यासहरू भइरहेको जानकारी दिए । कुनैपनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु नहुने काँग्रेसको स्पष्ट बटम लाइन रहेको र संविधान निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका दलहरूले प्रतिकूल परिस्थितिमा पनि यसको मूल मर्मलाई उल्लङ्घन गर्न नमिल्ने जिकिर गरे ।

लोकतान्त्रिक प्रणालीलाई जोगाउन आवश्यक परे नेपाली काँग्रेस आफू प्रतिपक्षमा बस्न तयार रहेको तर सबै मुख्य दलहरू एउटै सरकारमा ओत लाग्ने प्रवृत्ति उपयुक्त नहुने शर्माले स्पष्ट पारे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x