३० आश्विन २०८३, शुक्रबार

सुनसरीका केही स्थानमा कफ्र्यु र निषेध आदेश अझै जारी, दुहबीमा निकालियो सद्‌भाव र्‍याली

0
Shares


काठमाडौं । सुनसरीका केही स्थानमा कफ्र्यु र निषेध आदेश अझै जारी छ ।

राजमार्ग क्षेत्रमा जारी गरिएको कफ्र्युको आदेश मात्र हटाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अधिकारीले जानकारी दिए । आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको तनाव नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनबाट गोली चलाइएको थियो । प्रहरीले चलाएको गोली लागेर कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । अरू केही व्यक्ति घाइते छन् । सोही घटनापछि सोमबार बिहान कफ्र्यु र निषेधाज्ञा जारी गरिएको थियो ।

केही स्थानमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी रहेको उनले स्पष्ट पारेका छन् ।

यसैबीच सामाजिक सद्भाव अक्षुण राख्न आह्वान गर्दै सुनसरीको दुहबीमा सद्भाव ¥याली आयोजना गरिएको छ । सुनसरीका विभिन्न सामाजिक संघसंस्थाको अगुवाइमा मंगलबार सद्भाव ¥याली निकालिएको हो ।राष्ट्रिय झन्डा बोकेर निस्किएका स्थानीयले सबै जात, धर्म र भाषाभाषीबीच भाइचारा हुनुपर्नेमा जोड दिएका थिए ।