बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम

काठमाडौं । देशकै प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिपट्टि (पूर्वी किनार÷मनोहरा क्षेत्र) खुला रूपमा फोहोर थुपारिँदा हवाई उडान सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर परेको छ ।

खुला क्षेत्रमा मासुका अवशेष, कुहिएका फलफूल तथा प्लास्टिकयुक्त फोहोर फाल्ने क्रम बढेपछि आकाशमा चिल, गिद्ध, भुस्याहा कुकुर र कौवाको चहलपहल तिब्र बनेको छ । जसका कारण दैनिक उडान र अवतरणमा बर्ड स्ट्राइक (पंक्षी ठोक्किने) को ठूलो जोखिम बढेको छ । विमानस्थलको रनवे एप्रोच लाइट र तारबार नजिकै जथाभावी फोहोर थुपारिएको र यसले उडानमै अवरोध पु¥याएको चौतर्फी गुनासो आएपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा एक टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।

‘अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै खुला फोहोर फाल्नु उडान सुरक्षामा गम्भीर आँच पु¥याउनु हो । फोहोरका कारण पंक्षीहरू आएर उडान प्रभावित हुने समस्या रहन्छ ।’

अनुगमनका क्रममा विमानस्थलको पर्खालसँगै जोडिएका कच्ची सडक र खुला जग्गामा मासु पसलबाट ल्याइएका हड्डी तथा छालायुक्त फोहोर, फलफूलका अवशेष, र ढलको दूषित पानी सडकमै थुप्रिएर गन्हाउने अवस्था पाइएको छ । वर्षातको समयमा फोहोरको लेदो सडकभरि फैलिँदा वरपरका स्थानीय बासिन्दामा झाडापखाला, हैजा र डेंगु जस्ता संक्रामक रोग फैलिने उच्च जोखिमसमेत देखिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्र आसपास खुला फोहोर फाल्नु राष्ट्रिय सुरक्षा र नागरिकको जीवनमाथि नै ठूलो खेलबाड हो । हवाई उडानको दृष्टिकोणले यो अति नै संवेदनशील क्षेत्र हो । फोहोरका कारण चिल र गिद्ध आकाशमा झुम्मिँदा जहाज दुर्घटनाको ठूलो खतरा रहन्छ । जथाभावी फोहोर फाल्ने व्यक्ति तथा फार्महरूलाई तत्काल कडा कारबाही गर्नुपर्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x