काठमाडौं । कर्णाली प्रदेशमा मंगलबहादुर शाहीले मुख्यमन्त्रीको शपथ लिएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा प्रदेश संसदीय दलका नेता शाही एमालेको समर्थनमा हिजो मुख्यमन्त्री नियुक्त भएका थिए ।
४० सदस्यीय कर्णाली सभामा एमालेका ९ ९सभामुखबाहेक० जना र नेकपाका १४ गरी २३ सांसदको शाहीलाई समर्थन छ ।शाहीले यसअघि भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।केन्द्रमा नेकपा र एमालेबीचको ३ बुँदे सहमतिसँगै ७ प्रदेशमध्ये कर्णालीबाट सत्ता फेरबदर सुरू भएको छ ।यसअघि एमालेबाट मुख्यमन्त्री रहेका यामलाल कँडेलले ओली(प्रचण्डबीचको सम्झौताको संघारमा राजजीनामा दिएका थिए ।