३० आश्विन २०८३, शुक्रबार

अब रास्वपा नेपालको राजनीतिमा लामो समयको चुनौती होइनः महासचिव पोखरेल

0
Shares


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय पपुलिजम, अवसरवाद र अराजकताको जगमा भएको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो राष्ट्रिय शक्तिको रूपमा उदय भएको छ, यसको पतनको सम्भावना पनि उत्तिकै रहेको दाबी गरेका हुन् । रास्वपा नेपाली राजनीतिको लागि दीर्घकालीन चुनौती नभएको उल्लेख गर्दै उनले यसलाई सहजै सामना गर्न सकिने बताए ।

महासचिव पोखरेलले आफ्नो पार्टी र नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका आरोपहरू प्रमाणित गर्न सरकारलाई चुनौती दिए । राजनीतिक प्रतिशोधका आधारमा एमालेलाई बद्नाम गर्ने प्रयास भइरहेको उनको दाबी छ । उनले यती होल्डिङ्स, ओम्नी र गिरिबन्धु टी–स्टेट लगायतका प्रकरणमा एमालेलाई विनाकारण मुछिएको उल्लेख गरे । आर्थिक लेनदेन नै नभएको विषयमा भ्रष्टाचार कसरी हुन्छ ? महासचिव पोखरेलको प्रश्न छ ।

महासचिव पोखरेलले पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनका लागि संस्थागत प्रक्रियामार्फत सुधार र पुनर्गठनको अभियान अघि बढाइने बताए ।उनले पार्टीभित्र कुनैपनि प्रकारको संकट वा समस्या उत्पन्न नहुने गरी आफूहरू अगाडि बढ्न खोजेको स्पष्ट पारेका हुन् । उनले पार्टीलाई थप बलियो बनाउनका लागि नै सुधार र पुनर्गठनको आवश्यकता रहेकोमा जोड दिए ।