३० आश्विन २०८३, शुक्रबार

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

0
Shares


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ ।

सहसचिव भट्टराईलाई पक्राउ गरेको सीआईबीका एसपी अनुपम शमशेर जबराले जानकारी दिए । उनका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र जारी गरेको आरोपमा भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर हुँदा उनी उपस्थित नभएकाले अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।