३० आश्विन २०८३, शुक्रबार

हामीले सक्रिय राजनीति गर्ने राजसंस्था खोजेका होईनौँः डा धवलशमशेर जबरा

0
Shares


काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष डा। धवलशमशेर जबराले आफूहरुले गठन गरेको नयाँ राजनीतिक दलले हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने बताएका छन्।

काठमाडौंमा बिहीवार नवगठित जय नेपाल पार्टीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताएका हुन् । उनले आफूहरुको पार्टीले सक्रिय राजसंस्थाको परिकल्पना नगरेको पनि स्पष्ट पारे । राजनीतिक हस्तक्षेप गर्ने राजसंस्था नभई अभिभावकीय, राष्ट्रिय एकता र राष्ट्र रक्षकको भुमिकामा रहने संवैधानिक राजसंस्थाको पुनःस्थापना गर्न चाहेको उनको भनाई छ । राणाले नेपालबाट हिन्दु राष्ट्रको व्यवस्था हटाउनु गलत निर्णय भएको दाबी गर्दै त्यसलाई शान्तिपूर्ण रूपमा सडक र संसदीय दुवै माध्यमबाट पुनःस्थापना गर्ने बताए । उनले पार्टीले सनातन धर्मलाई आधार मान्दै किराँत, बौद्धलगायत सबै धर्मावलम्बीको सम्मान गर्ने नीति लिने बताए । नवगठित पार्टीलाई युवा र महिला केन्द्रित बनाइने दाबी गरे । पार्टीको केन्द्रिय समितिको औसत उमेर ४५ वर्ष कायम गर्ने लक्ष्य राखिएको उनको भनाई छ । जिल्ला र निर्वाचन क्षेत्रबाटै प्रतिनिधित्व सुनिश्चित गर्दै संगठन निर्माण गरिने र निर्णय प्रक्रिया बहुमत तथा सर्वसम्मतिको आधारमा सञ्चालन हुने उनको भनाई छ । नयाँ पार्टीमा नेतृत्वले निर्णय लाद्ने प्रवृत्तिको अन्त्य गर्दै सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिने उनको दाबी छ । उनले पार्टीलाई कुनै एक व्यक्तिको नभई सबै सदस्यको साझा राजनीतिक संगठन बनाउने उल्लेख गरे।

उनले भने,‘उहाँले भन्नुभयो, ‘पार्टीको मूल विचार नै नेपाल एउटा सनातन धर्म सापेक्ष किराँत र बौद्ध धर्मलाई समेटेर अरू धर्मावलम्बीहरूलाई पनि हामीले सम्मान दिएर एउटा हिन्दू अधिराज्य बनाउने कल्पना र प्रयास लिएर अगाडि बढेका छौं । यो पार्टीको नाम ‘जय नेपाल पार्टी’ हुनेछ । यसको चुनाव चिन्हको विषयमा अझै छलफल हुँदैछ । साउनको २८ गते हामीहरूले निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्ने काम गर्नेछौं । यो पार्टी प्रजातान्त्रिक पार्टी हुनेछ, पार्टीमा युवा र महिलाको उचित स्थान दिइनेछ, निर्वाचन क्षेत्र र जिल्लामुखी पार्टी हुनेछ । युवक र महिलाहरू जिल्लाबाटै निर्वाचन क्षेत्रबाटै युनिल्याटरल रूपमा केन्द्रिय कमिटीमा आउनेछन् । यस्तो अरू पार्टीबाट देखिएको छैन । युवा र महिलाका कुरा गर्छन् तर केन्द्रमा हेर्नुस् एउटा एभरेज एज सबै पार्टीको ६० भन्दा बढी छ, हामीले पार्टीको सेन्ट्रल कमिटीको एभरेज एज ४५ वर्ष राख्ने अठोट गरेका छौँ । त्यसकारणले एउटा आजकलको जमानाले मागेको युवा सेन्ट्रिक महिला सेन्ट्रिक पार्टी हुनेछ, प्रजातान्त्रिक पार्टी हुनेछ जहाँ हरेक इस्यु हरेक एजेण्डा हरेक इस्युलाई गहन छलफल गरेर सकेसम्म सर्वसम्मत भएन भने अल्पमत बहुमत गरेर प्रजातान्त्रिक प्रणालीमा त्यसलाई निर्णय गर्नेछौं । यो कसै व्यक्तिको पार्टी हुनेछैन, सबै सदस्यहरूको सबै नेपाली जनताहरूले आत्मसात् गर्ने र यो मेरो पार्टी हो भन्ने पार्टी बनाउनेछौं । यो पार्टी एउटा खुसी पार्टी बनाउनेछौं । हामीले के देखेका छौँ भने अहिलेसम्म सबै पार्टीमा व्यक्तिहरू कोही खुसी छैनन् । आपसमा झगडा गरेका छन्, भिडेका छन्, एउटाले अर्कोलाई गाली गरेका छन् । जबसम्म मान्छे खुसी हुँदैन, तबसम्म केही काम सुचारु रूपले सञ्चालन हुनसक्ने स्थिति हुँदैन । खुशी हुने उपाय के हो भने सबैको कुरा सुन्ने र बहुमतको कुरालाई लागू गरिदिने हो, नेतृत्वले केही कुरा लाद्न हुँदैन । आफ्नो हरेक तहको आफ्नो कमिटीलाई साथमा लिएर जाने उसको क्षमता हुनपर्छ । कमिटीले उसको कुरा मान्दैन भने उसले कमिटीको कुरा मान्दिनुपर्छ, त्यसरी नै मान्छे खुशी हुन्छन् । यो पार्टीमा नेपालले गुमाएको सनातनी धर्म सापेक्ष हिन्दु अधिराज्य अर्थात् राजासहितको प्रजातन्त्र हुन्छ, कस्तो खालको राजा र राजसंस्था पनि मैले यहाँहरूलाई प्रष्ट पार्न चाहन्छु । हामीले राजनीति गर्ने राजसंस्था खोजेकै होइन । राजनीति यो देशमा नेपालीका छोरा र छोरीले राजनीति गर्ने हो । एउटा अभिभावकीय भूमिका, एउटा घरमुलीको भूमिका, एउटा राष्ट्र रक्षकको भुमिका राजसंस्था रहनेछ । किनकि नेपाल विभिन्नतामा एकता भएको देश हो । सबै जाति, जनजाति, धर्मावलम्बी सबैले राजसंस्थालाई मान्दै आएको परम्परा छ । त्यो राजसंस्था पाखा लाइसकेपछि देशको गति हालत के भयो भन्ने कुरा मैले भन्न पर्ने यहाँ छैन । त्यसकारणले हामीले एउटा मियोको रूपमा, एउटा अभिभावकको रूपमा राजसंस्थालाई पुनःस्थापना गर्ने योजना हाम्रो छ र हिन्दु अधिराज्य भन्दाखेरि यो देशमा हिन्दुहरूको मात्रै राज्य अथवा हिन्दुहरूको मात्रै बसोवासको कल्पना हामीले गरेका छैनौँ । विभिन्न धर्म धर्मावलम्बीहरू यो देशमा छन्, सबैको धर्म सञ्चालन गर्दा उहाँहरूको धर्मलाई मान्ने प्रक्रियाहरूलाई हामीले कुनै प्रकारको अवरोध गर्ने छैनौँ । यो देश सबैको हो, एउटा हरेक देशको एउटा राष्ट्रको एउटा धर्म हुन्छ । क्रिश्चियनहरूको १०० वटा देश छन् । मुस्लिमहरूको ४७ वटा देश छन् । बुद्धिस्टहरूको ११ वटा देश छन् । १ अर्ब ५० करोड हिन्दूभन्दा बढी यो विश्वमा भएका हिन्दूहरूको एक मात्र हिन्दू राज्य थियो । त्यो नेताहरूले सिध्याइदिए, नेपालमा भएको ८२ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवारका बासिन्दाहरू यो विषयमा कोही पनि खुसी छैनन् । त्यसकारणले हामीले शान्तिपूर्ण रूपमा सडकबाट हुन्छ कि सदनबाट हुन्छ हिन्दू अधिराज्यलाई पुनःस्थापना गर्नको लागि यो पार्टी जन्मेको हो ।’

राणाले साउनको २८ गते पार्टी दर्ताको लासग निर्वाचन आयोगमा निवेदन दिने जानकारी दिए। पार्टीको नेतृत्व आफूले गर्ने तथा दुर्गा प्रसाईंलाई प्रमुख सर्वमान्य नेताका रूपमा अघि बढाइएको उहाँको भनाई छ । पार्टीको चुनाव चिह्नबारे भने छलफल भईरहेको उनले जानकारी दिए । उनले पार्टीको संगठनलाई गाउँ तहसम्म नै विस्तार गरेर आगामी स्थानिय तहको निर्वाचनमा भाग लिने बताए ।