काठमाडौं । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारुढ देखि विपक्षी दलका सांसदहरुले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उपभोक्ताले समयमा ग्यास नपाएको, किसानले समयमा मल नपाएको भन्दै उनिहरुले सरकारमाथि बिभिन्न प्रश्न गरेका छन् ।बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले प्रधानमन्त्री र मन्त्रीहरूको क्वाटरमा ग्यासको अभाव छ कि छैन भनि सोधे । रास्वपाको सरकार आएपछि सरकारी कार्यालयमा ‘नो लाइन वानली अनलाइन’ भनी आफैँले गरेको वाचा स्मरण गर्दै उनले अहिले सरकारको कार्यशैलीका कारण आफुलाई जनताको माझ जानपनि अफ्ठेरो लाग्ने गरेको बताए ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नियमित माग धान्नसक्ने परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको दाबी गरेकी छन् । बजारमा सहज उपलब्धता भइरहेकोमा साउनदेखि पूर्ण सिलिन्डर वितरण शुरु भएपछि एलपी ग्यासको माग एकाएक बढ्दा बजारमा केही असहजता सिर्जना भएको उनको भनाइ छ । बढ्दो मागलाई सम्बोधन गर्न नेपाल आयल निगम र मन्त्रालयले कुटनीतिक पहललाई निरन्तरता दिएको उनको भनाइ छ ।
नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले रास्वपाका सभापति रवि लामिछानेलाई थिति देखिसक्यौँ भनेर कटाक्ष गरे । सरकार सय दिन चलाउँदा नै रातारात थिति बसाल्ने रविको भाषणप्रति उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा टिप्पणी गरेका हुन् ।सरकारले बसालेका थिति इतिहासका पानामा नमेटिने गरी दर्ज भएको बताउदै उनले सरकारले प्रतिनिधिसभा नियमावलीको बारम्बार उलंघन गरेको बताए । प्रधानमन्त्रीले राष्ट्रघातीविरुद्धको अभिव्यक्ति दिएको र सच्याउन बारम्बार माग गर्दा नसुनिएको नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको उनको भनाइ छ ।
रास्वपाकी सांसद रचना खतिवडाले जेन–जी आन्दोलनका शहीदका परिवार र घाइतेसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरिन् । सरकारले शहीदका परिवार र घाइतेसँग एक महिनाभित्र पूरा गर्नेगरी २३ बुँदे सहमतिको एक महिना चार दिन पुग्दा समेत कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाइन् । अबको एक महिनाभित्र उक्त सहमतिको लागि कार्ययोजना, बजेट र समयतालिका सार्वजनिक गर्न सरकारसँग माग गरिन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि थप पीडा दिने कार्य गर्न नहुनेमा समेत सरकारको ध्यानाकर्षण गराएकी हुन् । सहकारीपीडितको बचत रकम तत्काल फिर्ता गर्न उनको माग छ । उनले सहकारी वचत रकम अपचलनमा
नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रिय रेकर्डमा राखिरामख्न मिल्ने भन्दै सच्याउन वा हटाउन माग गरे । उक्त अभिव्यक्ति संसदबाट नहटेसम्म विपक्षी दलहरुको अवरोध कायमै रहने उनको चेतावनी छ । उनले राष्ट्रियता र नेपालको भू–भागसँग सम्बन्धित विषय भएकाले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति हटाउन नभए सच्याउनको लागि रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।बैठकको सुरुवातमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्ति हटाउनुपर्ने माग राख्दै उठेर बिरोध जनाएका थिए ।
