काठमाडौं । तिब्बतबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटमा विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ ।
नुवाकोटमा सबैभन्दा बढी क्षति वेत्रावती बजारमा भएको विदुर नगरपालिकाले जनाएको छ ।
त्रिशुली बजार बाढीले क्षति पुर्याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ । देवीघाट बजार पनि बाढीले डुबाएको छ ।
बिहान करिव ९ बजेतिर बाढी नुवाकोटमा आएको थियो।
हाल बाढीको क्षतिको विवरणको संकलन जारी रहेको जनाइएको छ ।