३० आश्विन २०८३, शुक्रबार

रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने गृहमन्त्रीको तयारी

0
Shares


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने तयारी गरेका छन् ।

यसअनुसार आजको प्रतिनिधि सभाको बैठक सञ्चालनको व्यवस्थापन मिलाउन लागेको सांसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।

उक्त बैठकमा आकस्मिक समयमा सांसदहरूलाई विषय राख्न दिने र गृहमन्त्री गुरुङले सांसदहरूका प्रश्न र रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने गरी बैठक राख्न लागिएको हो ।

सम्क्षिप्त बैठक राख्ने गरी छलफल चलरहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।