३० आश्विन २०८३, शुक्रबार

रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति, ११ वटा जलविद्युत् आयोजनामा क्षति

0
Shares


काठमाडौं । तिब्बतबाट भोटेकोसीमा आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति भएको पाइएको छ ।

 

अर्थ मन्त्रालयका अनुसार अहिले कर्मचारीहरूसँग सम्पर्क गर्ने काम भइरहेको छ । धेरै कर्मचारी आफ्नो फोन र सामानहरु छाडेर भागेका छन् । जसले गर्दा सबै विवरण संकलन हुन समय लाग्ने अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार रसुवागढी भन्सारमा ३६ जनाको दरवन्दी थियो । जसमध्ये २ जना बिदामा थिए । रसुवागढी भन्सारको यार्डमा रहेका सबै सवारी साधन बगेका छन् ।

यस्तै, भोटेकोसीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीले ४३० मेगावाट बराबरको आयोजनामा क्षति पु¥याएको हो ।जसमा ४०५ मेगावाटको रसुवागढी, त्रिशूली–३ बी हब, त्रिशूली जलविद्युत्, माथिल्लो त्रिशूली–३ ए तथा देवीघाटलगायतका आयोजना छन् ।यस्तै २५ मेगावाट सोलार आयोजना पनि बगाएको हो । यसको विस्तृत जानकारी आउने क्रममा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।