३० आश्विन २०८३, शुक्रबार

0
Shares


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार स्थलगत निरीक्षणका निम्ति बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेका छन् ।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल समेत सहभागी छन् । उनीहरू आज बिहान काठमाडौंबाट सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्येको एक विदुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बुधबार बिहान रसुवाको भोटेकोसी नदी हुँदै आएको भीषण बाढीले जनधनको ठूलो क्षति भएको छ । रसुवा, नुवाकोटलगायत जिल्लामा क्षतिको विवरण सार्वजनिक भइरहेको छ ।बाढीलगत्तै प्रधानमन्त्री बालेनले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका निम्ति मातहतका निकायलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका छन् ।

बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री बालेनले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने सचिवालयले जनाएको छ ।भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनस्र्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ । साथै, सम्पूर्ण प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पु¥याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन उनीहरूले आवश्यक निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।