काठमाडौं । प्रधानमन्त्री बालेन शाह नुवाकोट सदरमुकाम विदुर र आसपासको क्षेत्र निरीक्षण गरी काठमाडौं फर्केका छन् ।
भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल र उनको टिम त्यहाँस्थित सेनाको ब्यारेकमा पुगेको छ । सरकारी स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री नुवाकोट आउने कार्यक्रम बनेको थिएन । तर अन्तिम समयमा प्रधानमन्त्री बालेन स्वयंले नुवाकोट गएर बाढी प्रभावितको हालचाल बुझ्ने विचार गरेका थिए । त्यसपछि उनको भ्रमण तय भएको थियो । नुवाकोट पुगेर उनले विभिन्न क्षेत्रका बाढीपीडित, स्थानीय र घाइतेहरुलाई भेटेका छन् । सोही क्रममा उनले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अववरुद्ध सडक तथा पूर्वाधारहरु शीघ्र सञ्चालनमा ल्याउन र दिर्घकालिन पुनः स्थापनाको कामलाइ तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायलाई निर्देशन दिएका थिए ।
उनी काठमाडौं फर्के पनि भौतिकमन्त्री लम्साल नुवाकोटमै छन् । त्यस्तै सञ्चारमन्त्री विक्रम तिमिल्सिना बुधबार दिउँसोदेखि नै नुवाकोटका विभिन्न क्षेत्रमा निरीक्षणमा छन् ।