३० आश्विन २०८३, शुक्रबार

बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवीप्रकोप कोषमा जम्मा गर्ने

0
Shares


काठमाडौं । मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितका लागि सहुलियत र पुनस्र्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोसी बाढीबाट प्रभावित जिल्लाका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा रिकोभरी प्याकेज (बिजनेस रिकोभरी प्याकेज) बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको बैठकपछि शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता तथा सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले भारत सरकारसँग जीटूजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।