काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बुधवार आएको बाढीमा परेर ज्यान गुमाएकाहरूको पशुपति आर्यघाट एवम् भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परेर ज्यान गुमाएकाहरूको निःशुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले जानकारी दिएको छ । निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ ।
वैद्यको सम्पर्क नम्बर ९८४१२२९९९४ रहेको छ । अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने सञ्चालक परिषद्ले जनाएको छ ।