३० आश्विन २०८३, शुक्रबार

रसुवा बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो : बालेन

0
Shares


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गते रसुवाको भोटेकोसीमा बाढी आएको जानकारी सोही दिन बिहान ८ः४५ बजे थाहा पाएको बताएका छन् ।

 

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त जानकारी दिएका हुन् । सूचना पाउनासाथ तत्कालै जिल्ला विपद् व्यवस्थापन समितिबाट ब्रिफिङ लिएर सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको उनले बताए । भदौ १० गते बिहान ९ बजे तटीय क्षेत्रका बस्तीहरूमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सुरक्षित स्थानमा जान आग्रह गरिएको उनले जनाए ।भदौ १० गते बिहान ९ः१५ बजे परिस्थितिलाई ध्यान दिँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाइयो उनले सदनलाई बताए । त्यसपछि प्रभावित क्षेका मानिसको कसरी उद्धार गर्ने भन्ने बारेमा निर्णय गरिएको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताए । यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै नभइ सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको उनको भनाइ छ । बुधबार भोटेकोशी त्रिशूली नदीमा आएको विनावशकारी बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ । बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार १सय जना बढीको शव फेला परेको छ ।३ हजार ९१६ जना सम्पर्कविहीन छन् । २९२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यो अवस्थाबारे प्रतिनिधिसभामा सुरुमै प्रधानमन्त्री बालेनले ब्रिफिङ गरेका हुन् ।प्रधानमन्त्री बालेनले यतिबेला शरिर थकित भयो भनेर विश्राम लिने छुट नरहेको बताए । मन भक्कान्दिा पनि एक आपसमा सेयर गर्ने समय नरहेको उनको भनाइ छ । प्रधानमन्त्री शाहले विपत्तिसँग लड्नुको विकल्प नभएको बताए । उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए ।

प्रधानमन्त्रीले घाइते शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनु भएका नागरिकहरूको पीडामा गहिरो महसुस गरेको बताए।सङ्कटको घडीमा देशको नेतृत्वले आँसु नभई जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्ने यथार्थलाई स्वीकार गरेको बताए।घटनापछि सरकारले मानिसहरूको जीवन रक्षाका लागि गरिरहेको कामबारे सदनलाई जानकारी गराए।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले पहिचान नखुलेका शव व्यवस्थापनबारे भ्रममा नपर्न आग्रह गरे । लेदोसहितको बाढीले शवलाई फरक–फरक ठाउँमा पु¥याएकाले पहिचान हुन नसकेको र वैज्ञानिक आधारले व्यवस्थापन गरिएको उनको भनाइ छ । उनले डीएनए मिल्नासाथ परिवारलाई जिम्मा लगाउने र पछि आफ्नो धर्म संस्कृतिअनुसार अन्तिम संस्कार गर्न सकिने बताए ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सुरुदेखि नै विदेशी सहयोग लिइएको बताए । प्रक्रियासमेत छोटो गराएर अन्तर्राष्ट्रिय सहयोग लिइएको उनको भनाइ छ ।मित्रराष्ट चीन र भारतले टेक्निसिएन सुरुबाटै पठाएको उनले बताए । प्रभावित क्षेत्रको अनुगमन गरेपछि जुन बेला ओर्लन सकिन्छ त्यही समय जाने उनीहरूले निर्णय गरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री शाहले बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाका सुरुङबाट तत्काल उद्धार गर्न नसकिनुको कारणबारे संसदमा प्रष्टीकरण दिए । नेपालमा अहिले आएको विपत् मानवीय सभ्यताकै ठूलो भएको र टनेलको समस्या पनि अन्यत्र भन्दा फरक रहेको उनको भनाइ छ । उनले टनेलहरुभित्र बाढीमात्र नभएर माटो र लेदो पसेर पूर्णरुपमा थुनिएको हुँदा उद्धार गर्न कठिन भएको उल्लेख गरे । यस्तोमा तत्काल उद्धार गर्ने प्रविधि विश्वमै नभएको उनको भनाइ छ ।टनेल बाहिर हिरो लेदो भएकाले आर्मी र प्रहरी अडिन पनि मुस्किल अवस्था रहेको उनले प्रष्ट्याए ।

प्रधानमन्त्री शाहले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताए । उनले हिमालय क्षेत्रमा जोखिम बढेकोले यो विश्वको साझा जिम्मेवारी भएको उल्लेख गरे ।उनले यो मानव सभ्यताले भोगेको सबै भन्दा ठूलो घटना भएको उनले उल्लेख गरे ।

प्रतिनिधिसभामा उनले बाढी पहिरोले गरेको क्षति, राहत उद्धार व्यवस्थानमा भएका कामबारे जानकारी दिएका थिए ।उक्त जानकारी दिने क्रममा उनले राहत र उद्धारमा खटिएका सुरक्षाकर्मी, बिभिन्न राजनीतिक दल, सम्पूर्ण नेपाली जनताका साथै अन्तराष्ट्रिय समुदाएलाई पनि धन्यबाद दिए ।