काठमाडौं । यही भदाै १० गते रसुवाकाे भाेटेकाेशीमा आएकाे विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले Learning Realm International (L.R.I.) School, Kalanki ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ८ लाख ५५ हजार २७८ सहयोग गरेको छ।
कठिन परिस्थितिमा विपद्पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै एल.आर.आई. स्कुल, कलंकी ले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम प्रदान गरेको विद्यालयका प्रशासकीय प्रमुख दिपक जोशीले बताए ।
विद्यालयको यस सहयोगले विपत् बाट प्रभावित परिवारको तत्कालीन राहत तथा आगामी पुनःस्थापनाका प्रयासमा थोरै भए पनि टेवा पुग्ने विश्वास गरिएको छ।
एल.आर.आई. स्कुलले मानवीय संवेदना र सामाजिक सेवालाई पनि आफ्नो महत्वपूर्ण दायित्वका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

