३० आश्विन २०८३, शुक्रबार

निरन्तरको वर्षाका कारण पश्चिम नवलपरासीको सुस्ता डुबानमा

0
Shares


काठमाडौं । निरन्तरको वर्षाका कारण पश्चिम नवलपरासीको सुस्ता डुबानमा परेको छ ।

वर्षापछि नारायणी नदीको जलसतह बढ्दा सुस्ता गाउँपालिका स्थित थारू टोलबाट पसेको बाढीले सैनिक टोल, बड्की टोल, क्याम्प टोल लगायतका सुस्ताका अधिकांश बस्ती डुबानमा परेका छन् ।

बाढीका कारण सुस्ताका २५० घर डुबानमा परेपछि त्यहाँका अग्लो स्थानमा बनेका छिमेकीहरूका घर र सामुदायिक विपद् व्यवस्थापन समितिले निर्माण गरेको सामुदायिक भवनमा आश्रय लिएर बसेको जनाइएको छ । नारायणीमा पानीको सतह बढ्ने क्रममा रहेकोले थप डुबान हुन सक्ने जोखिम रहेको छ ।