बाढी पहिरोको कहर, सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आव्हानमा बसेको आकस्मिक बैठकले हाल सञ्चालनको क्रममा रहेका सबै प्रकारका परीक्षाहरु स्थगनको निर्णय गरेको छ । देशमा अविरल परेको वर्षा र बाढी पहिरोको कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर सरकारले तत्काललाई लागि अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भारी वर्षाको कारणले अहिले देखिएको समस्याको कारणले परीक्षा थोरै समयका लागि स्थगन गर्ने निर्णय गरेको बताए ।
भोलिदेखि काठमाडौंमा हुने मेडिकल काउन्सिलको परीक्षा पनि यो निर्णयसँगै रद्द भएको छ । मेडिकल काउन्सिलको परीक्षाका लागि देशभरबाट काठमाडौं आएका विद्यार्थी राजमार्गहरू बन्द भएका कारण बाटोमै अलपत्र छन् । काउन्सिलले परीक्षा रद्द नगरेकोमा आलोचना भइरहेको छ । दुई दिनदेखि परेको भारी वर्षाले देशभर ठूलो जनधनको क्षति पुगेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE