काठमाडौं । चर्चित गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा तयार भएको टेलिचलचित्र ‘सुन्तलीको पोइ’ बागमती टेलिभिजन एचडीबाट प्रसारण थालिएको छ । मणिलिङ्गेश्वर फिल्म हाउसको ब्यानरमा इस्वरी प्रसाद अधिकारीको निर्माण तथा नबराज अधिकारीको प्रस्तुति रहेको उक्त टेलिचलचित्र हरेक हप्ताको बिहीबार साँझ ६ः३० बजेको समयमा प्रसारण गर्न थालिएको हो ।
लेखक तथा निर्देशक अधिकारीले समसामयिक विषयवस्तुलाई समेटेर यथार्थपरक तरिकाले निर्माण गरिने यो टेलिचलचित्रभित्र मनोरञ्जनका सम्पूर्ण खुराक पस्किने बताए । बागमती टेलिभिजनका साथै आहा फिल्मस नामक थुटयुबबाट पनि प्रसारण गरिने यो टेलिचलचित्रमा राजनीतिक घोचपेच तथा समाजमा भइरहेका सम्पूर्ण गतिविधि समेटिनुका साथै समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य रहेको निर्देशक अधिकारीको भनाइ रहेको छ ।
न्युनतम पनि १०० भागसम्म निर्माणको लक्ष्य राखिएको यस टेलिचलचित्रमा नबराज अधिकारी, इस्वरी अधिकारी, मेनुका माझी, सन्ध्या गौतम, डा प्रकाश पोखरेल (प्रनिस) सुनिता डुंगाना, पासाङ तामाङ र चित्र कुमार गौतम लगायतको मुख्य भूमिका रहनेछ भने सन्तोष पराजुलीले छायांकन, मदन न्यौपानेको श्रृङ्गार, मनिष कार्कीको सम्पादन रहेको छ ।
यस धारावाहिक टेलिचलचित्रलाई गत बिहीबारसम्ममा दोश्रो भाग प्रसारण गरिसकिएको छ ।
https://youtu.be/_OvEXsg78gY