लगानी गर्ने वातावरणलाई खुला छोड्नुपर्छः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले लगानी गर्ने वातावरणलाई खुला छोड्नुपर्ने बताएका छन् । शुक्रवार ताप्लेजुङको पर्यटन प्रवद्र्धन त्था विकास निर्माण सम्बन्धमा केन्द्रित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन्।
उनले लगानी गर्ने वातावरणलाई खुला छोडेर लगानी प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गरे । उनले लगानीका लागि सर्वथा अनुकुल वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले लगानी गर्नेहरुलाई कर छली गर्न नपाउने, राज्यको ढुकुटीलाई छल्ने, ठग्ने हुन नहुने कुरामा सचेत गराउनुपर्ने बताए । उनले उपभोक्ताहरु नठगिने र श्रमीकले उचित पारिश्रमीक पाउने ग्यारेन्टी गरेर लगानी गर्ने वातावरण खुला छोड्नुपर्ने बतए ।
उनले भने, ‘लगानीका लागि सर्वथा अनुकुल वातावरण सिर्जना गर्नुपर्छ । नीतिगत, कानूनी दृष्टिकोणले । तर लगानी गर्नेहरुलाई हामीले भन्न सक्नुपर्छ की तपाईंले गरेको लगानी राज्यको ढुकुटीमा जाने कर कतै छली गर्नुभएको त छैन ? कर छली गर्न पाउनुहुन्न । हामीले स्पष्टसँग भन्नुपर्छ । हाम्रो कर असुल गर्ने निकायहरुले कर असुलीमा दायाँबायाँ हुँदैछ की रु राज्यको ढुकुटीलाई छल्ने, ठग्ने काम कहीँ कतैबाट हुँदैछ की हामीले ध्यान दिनुपर्छ । लगानीकर्ताले लगानीसँगै रोजगारी दिएको हुन्छ, त्यो रोजगार प्राप्त व्यक्तिहरुले कतै श्रम शोषण भोगिरहेका छन् की ? लगानी कर्ताले प्रचुर मात्रामा नाफा गर्दै जाँदा मुनाफाको केही अंश, मुनाफाको न्यायोचित अंश त्यो श्रमीकले प्राप्त गरेको छ की छैन ? रोजगार व्यक्तिले प्राप्त गरेको छ की छैन भन्नेकुरामा ध्यान दिनुपर्छ । लगानी र त्यसबाट उपभोग गर्ने उपभोक्ताहरु ठगिएका छन् की त्यो कुरामा ध्यान दिनुपर्छ । यि तीन कुरामा ध्यान दिएपछि लगानी गर्ने वातावरणलाई हामीले खुला छोडिदिनुपर्छ । लगानी गर्ने वातावरणलाई प्रोत्साहन गर्नुपर्छ ।’
मन्त्री पाण्डेले केबल कारले प्रकृतिको नाश पनि नगर्ने भएकाले पर्यटन विकासका लागि केबल कार प्रचुर सम्भावना बोकेको यातायातको माध्यम बन्ने दाबी गरे ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE