ग्रिसकी भलिबल स्टार नासिया नेपालमा

काठमाडौं । अमेरिकी र टर्किस भलिबल खेलाडीपछि ग्रिसकी प्रतिभाशाली खेलाडी नासिया लिआग्कीलाई नेपाल आइपुगेकी छिन् । एभरेष्ट महिला भलिबल लिगका लागि शनिबार नेपाल आइपुगेकी उनलाई ‘कर्णाली यश्विज’ टिमले नेपाल भित्र्याएको हो ।
उनलाई स्वागत गर्न ‘कर्णाली यश्विज’ टिम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेको थियो। नेपाल प्रस्थान गरेपछि उनले आफूलाई भव्य स्वागत गरेकोमा ‘कर्णाली यश्विज’ टिमलाई धन्यवाद दिएकी दिइन् । नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न पाउँदा आफूलाई गर्वान्वित महशुस भएको बताएकी छिन् ।
लिआग्की ग्रिसको घरेलु लिगमा परिचित अनुहार हुन। उनी ग्रिसको राष्ट्रिय भलिबल खेलाडी हुन् । राष्ट्रिय तहको थुप्रै खेलहरु उनले खेलिसकेकी छिन् । आफ्नो शक्तिशाली खेल क्षमताका लागि परिचित लिआग्कीले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा ग्रिसको प्रतिनिधित्व गरिसकेकी छिन् । राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले अन्य थुप्रै अवार्डहरू पनि हात पारिसकेकी छिन् ।
लिआग्कीलाई नेपाल स्वागत गर्नु अघि ‘कर्णाली यश्विज’ टिमले अमेरिकाकी खेलाडी ग्याब्रीएल बेन्डा र टर्कीकी आउटसाइड हिटर खेलाडी जेनेप आउटर्यानलाई नेपालमा स्वागत गरेको थियो। टिममा यी तिनको प्रस्थानसंगै ‘कर्णाली यश्विज’ टिम थप बलियो भएको टिमका अध्यक्षको भनाई छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE