भारतमा एम्पक्सबाट तीन जना संक्रमित

काठमाडौं । भारतको केरलामा ३८ वर्षीय पुरुषमा एमपक्स भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ । यो राज्यमा अहिलेसम्मको दोस्रो केस हो ।
राज्यद्वारा सञ्चालित प्रशारणकर्ता अल इण्डिया रेडियो (एआईआर) का अनुसार भारतमा तीन जनामा मंकीपक्स फेला परेको छ ।स्वास्थ्य विभागले संक्रमित व्यक्तिको सम्पर्क सूची तयार गरी रोकथामका उपायलाई मजबुत बनाएको छ ।
केरलाको मलाप्पुरम जिल्लाका ३८ वर्षीय पुरुषमा केस स्ट्रेन पत्ता लागेको थियो । सन् २०२२ देखि भारतमा कम्तिमा ३० केस फेला परेका थिए भने एक जनाको मृत्यु भएका थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE