बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

यमनका हुथी विद्रोहीद्वारा रेड सीमा ३ अमेरिकी युद्धपोतमा आक्रमण गरेको दाबी

काठमाडौं । यमनको हुथी समूहले लाल सागरमा तीन अमेरिकी युद्धपोतमा २३ ब्यालेस्टिक, पखेटा मिसाइल र एक ड्रोन प्रहार गरेको दाबी गरेको छ । लाल सागरमा इजरायली शत्रुलाई समर्थन गरिरहेका तीन अमेरिकी युद्धपोतहरूलाई लक्षित गरी एक गुणात्मक सैन्य कारबाही भएको दाबी गरेको हो ।

हुथी सेनाका प्रवक्ता याह्या सारियाले तीन अमेरिकी विध्वंसक विमानलाई सिधा प्रहार गरेको बताए । अमेरिकी सेनाले हुथीको दाबीमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

उत्तरी यमनको ठूलो भागलाई नियन्त्रण गर्ने हुथी समूहले नोभेम्बर २०२३ देखि प्यालेस्टाइनीहरूलाई इजरायलीहरूसँगको द्वन्द्वमा समर्थन गर्नको लागि देशको तटवर्ती क्षेत्र नजिकैको इजरायली–सम्बन्धित जहाजमा आक्रमण गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x