बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

उपप्रधानमन्त्री सिंहको नेतृत्वमा सर्वदलीय बैठक जारी

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । मनसुनी वर्षातको कारण बाढी र पहिरोबाट देशभर जनधनको क्षति भएपछि उपप्रधानमन्त्री सिंहले सर्वदलीय बैठक बोलाएका हुन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली भने अहिले अमेरिकामा छन् । आफू अमेरिका जाने भएपछि उनले उपप्रधान एवं सहरी विकासमन्त्री सिंहलाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा केही बेरअघि सुरु भएको बैठकमा गृह, भूमि, रक्षा, शिक्षा, पर्यटन, कानून, श्रमरोजगार, वन, उर्जा तथा सञ्चारमन्त्री उपस्थित छन् ।

सत्तारुढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, लोसपाका नेता महन्थ ठाकुर, नेमकिपाका प्रेम सुवाल, रास्वपाका विराजभक्त श्रेष्ठ, अमरेशकुमार सिंह, राजकिशोर यादव लगायत नेताहरु उक्त बैठकमा सहभागी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x